रफाहमा इजरायली आक्रमण गर्ने योजनाविरुद्ध इजिप्ट र संयुक्त राष्ट्र संघको चेतावनी

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सिसी र भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले आईतवार प्यालेस्टाइनीहरूलाई आफ्नो क्षेत्रबाट बिस्थापित गर्ने कदम अस्वीकार गरेका छन् ।

साथै उनीहरुले दक्षिणी गाजान शहर रफाहमा इजरायली सेनाको कुनैपनि कारवाही पनि अस्वीकार गरेका छन् । काइरोमा भएको वार्ताका क्रममा दुवै नेताले रफाहमा कुनैपनि इजरायलबिरुद्ध कारबाही नगरे भयावह नतिजा आउने चेतावनी दिएका छन् ।

उनीहरूले गाजामा तत्काल युद्धविराम गर्न र घेरामा परेका एन्क्लेभका मानिसहरूलाई पर्याप्त मानवीय सहायता पु-याउन तिब्र प्रयासहरूबारे पनि छलफल गरेका छन् । इजरायलले रफाहमा ठूलो आक्रमणको योजना बनाएको छ । जहाँ करिव १५ लाख आन्तरिक बिस्थापित प्यालेस्टिनीहरू बसोवास गर्दछन् ।

संयुक्त पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र प्रमुखले गाजामा तत्काल मानवीय युद्धविरामको लागि आफ्नो आह्वान दोहो-याएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *