टियू मैदानमा आयरल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । पाँच खेलको ट्वान्टी–२० र तीन खेलको एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा आएको आयरल्यान्ड वुल्भ्सले आज नेपालसँग पहिलो ट्वान्टी–२० खेल खेल्दै छ ।

आयरल्यान्ड वुल्भ्ससँग नेपाली टिम पहिलो र दोस्रो ट्वान्टी–२० खेलमा रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रिने छ । यसपछिका तीन ट्वान्टी–२० र एकदिवसीय शृंखला भने आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले खेल्नेछ । जसको कप्तानी विनोद भण्डारीले गर्नेछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

आयरल्यान्ड वुल्भ्ससँग नेपालले सोमबार पहिलो खेलपछि चैत १३ गते दोस्रो, १५ गते तेस्रो, १६ गते चौथो र चैत १८ गते पाँचौँ खेल खेल्नेछ ।

तीन एकदिवसीय खेल चैत २१, २३ र २५ गते हुनेछ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

आयरल्यान्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो । नेपाल ‘ए’ले यसअघि क्यानडा–११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *