आयो होली (तस्बिरहरु)

काठमाडौँ । आज फागु अर्थात् होली पर्व । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एक आपसमा रङ र लोला खेली मनाउने गरिन्छ ।

आज काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा र भोलि तराईका जिल्लामा होली मनाइन्छ । होलीको अवसरमा काठमाडौँका प्रमुख ठाउँमा युवा र बालबालिकाहरू होलीमा रमाउन थालेका छन् । विभिन्न प्रकारका रङ्ग दलेर उनीहरूले होली मनाइरहेका छन् ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ ।

तस्बिरहरु

       

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *