मस्को आतंकवादी हमला : आज देशभर शोक

काठमाडौँ । मस्कोमा शुक्रवार भएको गोली काण्ड र त्यसपछिको आगलागीमा परी ठुलो क्षति भएको छ । मस्कोको उपनगर क्रास्नोगोसकको क्रोकस सिटी हलमा कन्सर्ट हुनुअघि आतङ्कवादी हमला भएको थियो ।

आगलागीबाट करिब १३ हजार वर्ग मिटर क्षेत्र प्रभावित भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिवार मस्को आतङ्ककारी हमलामा संलग्न सबै चार बन्दुकधारीलाई पक्राउ गरिएको बताए ।

पुटिनले उक्त घातक हमलाका लागि जिम्मेवार सबैलाई कारबाही गरिने बताए । उनले आइतबार देशव्यापी शोक मनाउने आदेश पनि दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *