१७ वर्षीय एनड्रीकको गोलमा इङल्याण्डमाथि ब्राजिलको जित

काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले इङल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको छ । वेम्वली स्टेडियम लन्डनमा गएराती सम्पन्न खेलमा ब्राजिलले युवा खेलाडी एनड्रीकको गोलमा जित हासिल गरेको हो ।

१७ वर्षीय एनड्रीकले खेलको ८०औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । एनड्रीकले ब्राजिलका लागि तेस्रो खेलमा पहिलो गोल गरेका थिए । उनलाई ब्राजिलको नयाँ सुपरस्टार खेलाडीको रुपमा हेरिएको छ । व्यावसायिक रुपमा उनले स्पेनिस क्लब रियल म्याड्रिडसँग सम्झौता गरिसकेका छन् र उनी आगामी जुलाईदेखि रियल म्याड्रिडमा आबद्ध हुने छन् ।

हाल अन्तर्राष्ट्रिय ब्रेक अन्तर्गत अब ब्राजिलले मार्च २७ मा स्पेनसँग खेल्ने तालिका रहेको छ । इङल्याण्डले अर्को खेल मार्च २७ मै बेल्जियमसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *