कोलम्बियासँग स्पेन स्तब्ध, यो ऐतिहासिक जित हो

काठमाडौं । लण्डन स्टेडियममा खेलिएको मैत्रीपूर्ण खेलमा स्पेन दक्षिण अमेरिकी टोली कोलम्बियासँग पराजित भएको छ । क्रिस्टल प्यालेसका डिफेन्डर ड्यानियल मुनोजले गोल गर्दा स्पेन ०-१ गोलअन्तरले स्तब्ध बन्यो ।

मुनोजले खेलको ६१ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । लिभरपुलका लुइस डियाजको पासमा उनले एक्रोबेटिक भलीमार्फत गोल गर्दै टोलीलाई जीत दिलाए । सन् २०१६ जर्जियासँग पराजित भएयता मैत्रीपूर्ण खेलमा स्पेनको यो पहिलो पराजय थियो ।

कोलम्वियाले पहिलोपटक कुनै पनि खेलमा स्पेनलाई हराएको हो । यसअघि कोलम्वियाले स्पेनलाई हराउन सकेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *