म्यान्मारमा अलपत्र परेका १३ नेपालीको उद्धार

लामो समयदेखि थाइल्यान्डको सीमानजिक म्यान्मारमा अलपत्र परेका १३ नेपालीको उद्धार गरिएको छ।

थाइ परराष्ट्र मन्त्रालय, थाइ इमिग्रेसन ब्युरो र नेपाली राजदूतावासको समन्वयमा थाइल्यान्डको सीमानजिक म्यान्मारको म्यावड्डीमा नेपाली समस्यामा परेका थिए।

उनीहरुलाई उद्धार गरिएको हो।

नेपाली राजदूतावास बैंककले लामो प्रयासपश्चात म्यान्मारको उक्त क्षेत्रबाट उद्धार गरी नेपाल फिर्ता पठाउने कार्य गरिएको जनाइएको छ।

‘उल्लेखित १३ नेपाली नागरिकहरुलाई मिति २०८०।१२।९ का दिन राजदूतावासले थाइल्यान्डको मेइसोटसम्म कर्मचारी खटाई थाइ–म्यान्मार सीमा पार गराई थाइल्यान्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाइ यात्रामार्फत बैंकक हुंदै आजै नेपाल एयरलाइन्सको उडान नं RA 402 बाट काठमाडौं पठाइएको छ’, नेपाली राजदूतावास बैंककले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 3 =