दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ
२०८० चैत ८ गते

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ।
ईडीको टोली बिहीबार साँझ ७ बजे पक्राउ पुर्जी लिएर केजरीवालको घर पुगेको थियो।
दुई घन्टा सोधपुछपछि अनुसन्धान एजेन्सीले राति ९ बजे उनलाई नियन्त्रणमा लिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। उनलाई पक्राउ गर्न ईडीका १२ जना अधिकारी उनको घरमा पुगेका थिए।
हाल खारेज गरिएको दिल्ली मदिरा नीति घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालयले उनलाई पक्राउ गरेको हो।
दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताइन् । उनले भनिन्, प्रधाानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल हुन् ।’
दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो ।
२०८० चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित








