धरानमा युवतीको हत्या गरेर भागेका युवक धनकुटाबाट पक्राउ

धरानमा सुमना श्रेष्ठको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

धरान उपमहानरपालिका १८ की २१ वर्षीया श्रेष्ठको बुधबार दिउँसो हत्या भएको थियो। धरानमा हत्या गरेपछि भागेर धनकुटा पुगेका युवकलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

उनले आफूलाई प्रेममा धोखा दिएकाले हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ। उनलाई शुक्रबार अदालतबाट म्याद थप गर्ने र सार्वजनिक गर्ने प्रहरीको तयारी छ।

श्रेष्ठको घाँटी रेटिएको अवस्थामा शव भेटिएको थियो। त्यसपछि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। तर भुजेल थरका युवकले हत्या गरेको प्रहरीले जनाएको छ।

सुमनाको बिहीबार दाहसंस्कार गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fourteen =