भिरमा अड्केको शव सशस्त्र प्रहरीले निकाल्याे

सशस्त्र प्रहरीले भिरमा अड्केको शवलाई उद्धार गरेको छ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-१ जिमिरेस्थित करुवा सेती हाइड्रोपावरमा काम गर्ने मजदुरको भिरबाट ३ सय मिटर तल खसेर मृत्यु भएको थियो ।

गोरखा जिल्ला शहिदलखन गाउँपालिका-२ घर भएका मजदुर ५० वर्षीय यामबहादुर थापाको शवलाई सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण कालिकाबाट खटिएको विशेष विपद् उद्धार टोलीले उद्धार गरेको हो ।

थापाको शव पोस्टमार्टमका लागी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =