माछापुच्छ्रे बैंकद्धारा सुदूरपश्चिमको शैलेश्वरी विद्यालयमा ८ वटा शौचालय निर्माण

काठमाडौँ । माछापुच्छ्रे बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, गोदावरी न.पा.वडा नं.०६, बडेहाँ स्थित श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरि बैंकले निर्माण गरेका ८ वटा शौचालयहरू विद्यालय व्यवस्थापन समिति एवं विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो ।

उक्त शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोदावरी न।पा।वडा नं।०६ का वडा अध्यक्ष जहरु साउदले माछापुच्छ्रे बैंक लि. ले कैलाली जिल्लाको सरकारी स्कुललाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि माछापुच्छ्रे बैंकले जस्तै अन्य सङ्घसंस्थाहरूले पनि स्थानीय निकायहरूसँग मिलेर अन्य यस्तै कामहरु गर्दै गएको खण्डमा देशका हरेक सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हुँदै जाने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंक लि. का महाप्रबन्धक प्रसिद्ध राज अर्यालले बैंकले आफ्नो विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात् बैंकले उक्त शैलेश्वरी उच्च माध्यामिक विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरू निर्माण गरेको जानकारी गराउँदै भविष्यमा पनि अन्य यस्ता थुप्रै सामाजिक कार्यमा सहयोग गर्न बैंक सधैँ अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै साही कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाठकले माछापुच्छ्रे«े बैंक लि। ले आफ्नो विद्यालयप्रति गरेको सामाजिक कार्यको सराहना गर्दै यस्ता सहयोगले विद्यालय सञ्चालनका लागि उत्प्रेरणा मिल्ने बताए ।

१८०० भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक÷कर्मचारी कार्यरत श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निक्कै नै खराब रहेको हुँदा विद्यार्थी एवं शिक्षकहरूले भोगिरहेको समस्यालाई मध्यनजर गरि बैंकले विद्यालय परिसरमा ८ वटा शौचालय तथा सेफ्टी ट्याङ्कीको निर्माण गरेको हो । बैंकले निर्माण गरेका ८ वटा शौचालयहरू मध्ये २ वटा विद्यालयका कर्मचारी, ३ वटा महिला तथा ३ वटा पुरुष विद्यार्थीले प्रयोग गर्नेछन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *