सनलाइफ क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि।को सहायक कम्पनी सनलाइफ क्यापिटल लि। ले विश्व वित्तीय सप्ताह २०२४ (Global Money Week 2024)  को अवसरमा बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

कम्पनीले बुधवार र बिहीबार क्रमशः श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुर र मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाण्डौमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

२०८० चैत्र ७ गते श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई वित्तीय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरू, इन्टरनेट लगायत अन्य सामाजिक सञ्जालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत जानकारी गराइएको थियो । साथै सहभागी विद्यार्थीहरूको वित्तीय बजार र धितोपत्र बजार सम्बन्धी सम्पूर्ण जिज्ञासाहरूलाई कम्पनीले स्पष्ट पारेको थियो ।

२०८० चैत्र ८ गते श्री मल्पि इन्टरनेस्नल कलेज, चक्रपथ, काठमाण्डौमा सेमेस्टरका विद्यार्थीहरूलाई बिमा क्षेत्र सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र वित्तीय बजार, धितोपत्र बजारमा केन्द्रीत हाजिरी जवाफ प्रतियोगिता “QuickQuizMania-Global Moneyweek2024” आयोजना गर्यो । जसमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

सनलाइफ क्यापिटल लि। धितोपत्रबोर्डबाट स्विकृतप्राप्त मर्चेन्ट बैंकर हो, जसले मर्चेन्ट बैंकिङ्ग व्यवसाय अन्तर्गत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *