विश्व वित्तीय सप्ताहको अवसरमा प्रभु क्यापिटलद्वारा Visit Merchant Bank कार्यक्रम सञ्चालन

काठमाडौँ । विश्व वित्तीय सप्ताह २०२४ (GLOBAL MONEY WEEK- 2024) को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ०७ गते वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत Visit Merchant Bank कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वित्तीय सप्ताह खास गरि किशोर तथा युवा–युवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओइसीडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । यस वर्ष Global Money Week को अवसरमा क्यापिटलले विभिन्न कार्यक्रमहरू गरि सञ्चालन गर्ने क्रममा Visit Merchant Bank कार्यक्रम सम्पन्न गरेको हो ।

ग्लोबल मनी विक – २०२४ अन्तर्गत प्रभु क्यापिटलले ग्वार्को स्थित रहेको काठमाडौं कलेज अफ म्यानेजमेन्टका स्नातक (BBA) अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई Visit Merchant Bank कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए । यस कार्यक्रममा विद्यार्थीहरूले मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पुँजी बजार, लगानी तथा जोखिमको बारेमा ज्ञान हासिल गरेका छन ।

कार्यक्रममा प्रशिक्षकले विद्यार्थीहरूलाई मर्चेन्ट बैंकले गर्ने कामकाज तथा कार्यशैली लाई विस्तारित रुपमा व्याख्या गर्नुका साथै पुँजी बजारको विभिन्न उपकरणहरूको अवसर तथा जोखिम बारेमा प्रकाश पारेका थिए । सानै उमेर देखि आफूसँग रहेको पैसालाई एकीकृत गरि पुँजी निर्माण गर्न सकिने, जोखिम पहिचान र व्यवस्थापन, पुँजी विनियोजनको रणनीति तथा विभिन्न लगानीहरूको अवसर र चुनौतीका विषयमा प्रस्तुतीकरण गरिएको थियो । यस सँगै क्यापिटलका विभिन्न विभागहरूमा विद्यार्थीहरूलाई भ्रमण गराई थप जानकारी प्रदान गरिएको थियो ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा शेयर तथा पुँजी बजारसँग सम्बन्धित विभिन्न तालिम, वर्कसप तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । यस विश्व वित्तीय सप्ताह को अवसरमा क्यापिटलले लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी विविध कार्यक्रमहरू गरी सञ्चालन गर्ने योजना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *