वेस्ट बैंकमा इजरायली आक्रमणमा परी ३ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । उत्तरी वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा रहेको एउटा गाडीमा इजरायली हवाई हमलामा बुधवार तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीका अधिकारी महमूद अल–सादीले उद्धार टोलीले गाडीबाट तीन युवाको शव निकालेको थियो बताए । प्यालेस्टिनी स्रोतहरूले ड्रोनले गाडीलाई निशाना बनाएको थियो ।

यसैबीच इजरायली सेनाले एक विज्ञप्तिमा भन्यो कि यसले जेनिनमा एउटा कारमा चार प्यालेस्टिनी लडाकुहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । जसमध्ये दुई वरिष्ठ इस्लामिक जिहाद सदस्यहरू थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =