विश्वकप छनोट : आज बहराइनको सामना गर्दै नेपाल

काठमाडौं । फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टिमले बहराइनविरुद्ध खेल्दै छ ।

पहिलो चरणमा लाओसलाई समग्रमा १-० ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको नेपाल समूह ‘एच’ मा छ । दोस्रो चरणमा दुई खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ । यसैकारण बहराइनसँग पहिलो लेग खेल्दा भिन्चेन्सो अल्बर्टो एनेसको प्रशिक्षणमा रहेको नेपाली टिम आज पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ ।

बहराइनलसँगको पहिलो लेग घरेलु मैदानमा हुने तालिका थियो । तर, अन्तर्राष्ट्रिय स्तरको एकमात्र दथरथ रंगशालाको स्तर खेल्नलायक नभएपछि पहिलो र दोस्रो दुवै लेग बहराइनमा हुने भएको हो ।

बहराइनको बहराइन राष्ट्रिय रंगशालामा हुने पहिलो लेग राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

तालिकाको पुछारमा रहेको नेपाल अंकविहीन छ । यो समूहमा नेपालसँगै बहराइन, यमन र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । नेपालले यसअघि पहिलो खेलमा यूएईसँग ४-० को र दोस्रो खेलमा यमनसँग २-० को हार व्यहोरेको थियो ।

यता, बहराइनले पनि यसअघि दुई खेल खेल्दा एकमा जित र अर्कोमा हार बेहोरेको छ । तीन अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको बहराइनले यसअघि यूएईसँग २-० को हार व्यहोर्दा दोस्रो खेलमा यमनलाई २-० ले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *