‘ग्लोबल मनी विक- २०२४’ को अवसरमा सानिमा बैंकले सञ्चालन गर्याे वित्तीय सचेतना कार्यक्रम

को अवसरमा सानिमा बैंकको द्वारा वित्तीय सचेतना कार्यक्रम सञ्चालन

काठमाडौँ । Global Money Week 2024 को अवसरमा सानिमा बैंक लिमिटेडले काठमाडौँ स्थित काठमाडौँ इन्स्टिच्युट अफ टेक्नोलोजी क्याम्पसका इन्जिनियरिङ विधामा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

बुधवार सानिमा क्यापिटल लिमिटेड तथा सानिमा सेक्युरिटीज लिमिटेडको संयुक्त आयोजनामा बैंकले उक्त सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकले विद्यार्थी तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गराउने उद्देश्यका साथ वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक भुवन देशारका साथै सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सानिमा सेक्युरिटीज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जीव पौडेल लगायतका कर्मचारीहरूको सहभागिता थिए ।

कार्यक्रममा नेपालको पूँजीबजार क्षेत्रको विभिन्न आयामहरूको बारे छलफल तथा प्रस्तुति गरिएको थियो । अन्त्यमा सहभागी विद्यार्थीहरूका साथै क्याम्पस व्यवस्थापनलाई आवश्यक सहयोगका लागी धन्यवाद ज्ञापन गरि कार्यक्रम समापन गरियो ।

उक्त कार्यक्रम मार्फत युवा तथा विद्यार्थीहरूले नेपालको पूँजीबजार सम्बन्धी शिक्षा प्राप्त गरी सो ज्ञानलाई आगामी दिनहरूमा व्यवहारमा लागु गरी आफ्नो आम्दानीलाई बचत तथा लगानी गर्ने बानीको विकास हुने अपेक्षा समेत गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *