रविलाई सांसद बस्नेतको प्रश्न– ‘के पाठ सिकाउनु हुन्छ ?, सहकारी ठगी गर्ने सिकाउनु हुन्छ ?’

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसलाई ९ मिनेट १८ सेकेन्डमा पाठ सिकाउने अभिव्यक्ति दिएको भन्दै काँग्रेस पाठ सिक्न तयार रहेको बताएका छन् ।

बुधवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दुई वटा नागरिकताको पाठ सिकाउनुहुन्छ की के को पाठ सिकाउनु हुन्छ भन्दै प्रश्न गरे ।

उनले दुई वटा राहदानीको अपचलन गर्ने पाठ सिकाउनु हुने हो वा सहकारी ठगी गर्ने पाठ सिकाउनु हुन्छ ? भन्ने प्रश्न गरे । उनले लामिछानेले जेमा हात हाल्यो त्यहीँ ठगी गर्ने पाठ सिकाउन लागेको हो ? भन्दै प्रश्न गरे ।

उनले भने ‘गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले नेपाली काँग्रेसलाई ९ मिनेट १८ सेकेन्डमा पाठ सिकाउँछु भन्नुभएको रहेछ । म पाठ सुन्न बसेको छु । के पाठ सिकाउनु हुन्छ ? उहाँले दुई वटा नागरिकताको पाठ सिकाउनुहुन्छ मलाई ? दुई वटा राहदानीको अपचलन गर्ने पाठ सिकाउनु हुन्छ ? सहकारी ठगी गर्ने पाठ सिकाउनु हुन्छ ? अथवा आफ्नो गैरजिम्मेवारीपनले पत्रकार नै मर्दा पनि आवाज उठाउन नसक्ने पाठ सिकाउनु हुन्छ ? उहाँ जेमा काम गर्नुहुन्छ त्यहीँ नै ठगी गर्ने पाठ सिकाउनु हुन्छ ? के पाठ सिकाउनु हुन्छ ? म सुन्न तयार छु । नेपाली काँग्रेस आधा घण्टा पाठ सुन्न तयार छ । पहिलो कुरा नैतिकता र चरित्र ठूलो कुरा हो राजनीतिमा ।’

उनले राजनीतिमा पहिलो कुरा नैतिकता र चरित्र ठूलो हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 17 =