संशोधन स्वीकारसहित अनुगमन तथा मूल्याङ्कन विधेयक पुनः पारित गरियोस् भन्ने प्रस्ताव पारित

काठमाडौँ । ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
बुधवारको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् ।
प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गरेकी थिइन् । प्रस्तावमाथि सांसदहरूले छलफल गरिसकेपछि पारित भएको हो ।
अध्यक्ष दाहालले भने ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मति भएको घोषणा गर्दछु ।’
राष्ट्रिय सभाको अर्को बैठक चैत्र १५ गते बिहीबार सवा १ बजे बस्नेछ ।








