राष्ट्रिय सभामा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रिय सभामा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० पेस गरिएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीय सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुने ।

प्रतिवेदन प्रस्तुत गर्दै उनले श्रीलंका टापुको बस्ती स्थानान्तरण गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा रहेको बताए । उनले सगरमाथा प्रदूषण नियन्त्रण समितिको भूमिकालाई प्रवर्द्धन गरी विश्वमा ताजा र नेपालको शानको रुपमा रहेको सगरमाथाको सफाइमा विशेष ध्यान दिनुपर्ने, जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरी प्रभावकारी नीतिको अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याए ।

मानव र वन्यजन्तु द्वन्द्वको कारण सिर्जित समस्याको दीर्घकालीन समस्या खोज्नुपर्ने बताए । संरक्षित क्षेत्रहरूमा एकीकृत सूचना प्रणाली लागू गर्न, मध्यवर्ती र कोर एरियाबीचको स्पष्ट सीमा निर्धारण हुनुपर्ने, संरक्षित क्षेत्रको सिमाङ्कन जिपिएसका आधारमा निर्धारण गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =