दुर्गा प्रसाईंको मेडिकल कलेजसम्बन्धि मुद्दाको फैसला चैत १२ मा आउने

व्यवशायी दुर्गा प्रसाईंको मेडिकल कलेजसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले आगामी चैत १२ गते फैसला सुनाउने भएको छ। प्रसाईंको झापास्थित बी एण्डसी मेडिकल कलेजसँग सम्बन्धित मुद्दामा मंगलबार सुनुवाइ सकिएको छ।

मंगलबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ सकेको हो।

झापाको प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २०७७ असार २१ मा काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दर्ता गरेका थिए।

लगत्तै फेरि उनले नै २०७७ असोज ३० मा चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय विरुद्ध अर्को रिट निवेदन पनि दर्ता गरेका थिए।  रिट निवेदनको प्रतिवादमा शशीबिक्रम कार्कीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भनी सर्वोच्च अदालतमा अर्को निवेदन पनि दिएका थिए।

सर्वोच्च अदालतले तीनवटै मुद्दालाई सँगै राखेर सुनुवाइ गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *