इलाम उपनिर्वाचनका लागि कांग्रेसबाट ७ जनाको नाम सिफारिस

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट ७ जनाको नाम सिफारिस भएको छ।

मंगलबार चुलाचुलीमा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले उम्मेदवारका आकांक्षिको नाम सिफारिस गरेको हो।

उम्मेदवारका आकांक्षिका नाम जिल्ला र प्रदेश कार्यसमितिले रायसहित केन्द्रमा पठाउनेछ।

पहिलो नम्बरमा महासमिति सदस्य भेषराज आचार्य सिफारिसमा छन्।

त्यसपछि क्रमशः केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस गरिएको छ।
यस्तै चन्द्रमाया लिम्बु र चन्द्रकला राईको नाम पनि सिफारिस गरेको छ।

गएको निर्वाचनमा एमालेबाट निर्वाचित सांसद सुवास नेम्वाङको मृत्यु भएपछि इलाम क्षेत्र नम्बर २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ ।
यसका लागि निर्वाचन अयोगले चैत २४ गतेका लागि उम्मेदवारी दर्ताको मिति तोकेको छ। अहिलेसम्म प्रमुख दलहरु एमाले र कांग्रेसले नै उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *