दुर्गा प्रसाईंका बडिगार्डलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा रिट

प्रहरीले सर्वोच्च अदालतको गेटबाट पक्राउ गरेका दुर्गा प्रसाईंका बडिगार्डलाई रिहा गर्न माग गर्दै सर्वोच्चमै रिट परेको छ।

पक्राउ परेकबा प्रसाईंका बडिगार्ड दीपक खड्का र रामकुमार धिमाललाई जिल्ला अदलात काठमाडौंले ५ दिन थुनामा राख्न अनुमति दिएपछि उनीहरुका परिवार सर्वोच्च पुगेका हुन्।

सर्वोच्चमा दुवैका परिवारले रिहाईको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका छन्।

अत्याधुनिक हतियार र गोलीसहित प्रसाईंको साथमा सोमबार बिहान सर्वोच्च अदालत पुगेका उनीहरुलाई हातहतियार तथा खरखजना सम्बन्धि कसुरमा म्याद थप गरेर प्रहरीले अनुसन्धान अगाडी बढाएको छ।

रिट निवेदनमा बुधबार सुनुवाइ हुने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =