साथीको हत्या गरी फरार भएका राई २१ वर्षपछि पक्राउ

काठमाडौं । नेपाल प्रहरीले २१ वर्षअ‍घि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पक्राउ पर्नेमा २१ वर्षअघि सञ्जय शाहीको हत्या गरी फरार रहेका तिखे भन्ने तेजबहादुर राई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले बताए ।

४१ वर्षका राई सोलुखुम्बु नेचा सल्यान गाउँपालिका ४ का हुन् । उनले मापसे गरी झगडा पर्दा साथीको हत्या गरेको बताइएको छ ।

शहीको २१ वर्षअघि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १९ मरुढोका इनाटोलमा रहेको एक पशु वधशालामा हत्या भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 13 =