छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौँ । सर्लाही, बसबरिया गाउँपालिका–३ कोठियारमा प्र.२–०२–००१ त ०४३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २५ वर्षीय जितेन्द्र माझीको मृत्यु भएको छ ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका–४ गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको गेट अगाडि बा.२१ च ७५५३ नम्बरको कार र प्रदेश–३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रूकुम पश्चिम मुसिकोट नगरपालिका–१ घर भएका ४२ वर्षीय तिलक बहादुर रावतको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्का झापा, गौरिगञ्ज गाउँपालिका–१ स्थित सडकमा मे.४ प ४२२४ नम्बरको मोटरसाइकल र साइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा साइकलयात्री सोही गाउँपालिका–३ बस्ने ४० वर्षीय अकालु माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसइकलमा सवार १ जनाको सोही अस्पताल र अन्य २ जनाको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

त्यस्तै चितवन, ईच्छाकामना गाउँपालिका–५ मुग्लिङ बजारमा जेएच ०५ डीके २८३९ नम्बरको ट्रक र ग.१३ प ४१६६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने पर्सा वीरगंज महानगरपालिका–२७
जेसौली घर भएका १८ वर्षीय आकाश कुसहवाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =