सभापतिमा निर्वाचित भएपछि शेर्पाले भने– सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्छु

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका नवनिर्वाचित सभापति सोनम गेल्जेन शेर्पाले पदभार ग्रहण गरेका छन् ।
सोमवार सिंहदरबारस्थित समितिको कार्यकक्षमा उनले समिति सभापतिको पदभार ग्रहण गरेका हुन् । आजै उनि समितिमा निर्विरोध निर्वाचित भएका थिए ।
समितिको सभापतिमा एउटा मात्रै मनोनयन दर्ता भएसँगै समितिको सोमवारको बैठकबाट उनी निर्वाचित भएका हुन् । साथै आज नै सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनियताको शपथ ग्रहण गरे ।
सभापति शेर्पाले सरोकार समितिलाई अधिकार क्षेत्र पनि किटान गरेर दिइएको र नेपालको संविधानको परिधिभित्र रहेर काम गर्ने बताए । उनले प्रतिपक्ष भन्दा पनि सरकारलाई सहजीकरण हुने गरेर सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्न आफ्नो भुमिका हुने बताए ।
उनले भने– ‘हामीलाई अधिकार क्षेत्र पनि किटान गरेर दिइएको छ । नेपालको संविधानको परिधिभित्र रहेर हामी काम गर्छौं । हामी प्रतिपक्ष भन्दा पनि सरकारलाई सहजीकरण गरेर सरकारलाई राम्रो काम गर्ने वातावरण बनाउँछौँ । नतिजामुखी भएर काम गर्दछौँ ।’
उनले नतिजामुखी भएर समितिको काम गर्ने बताए ।








