जोर्डन, जर्मनीद्वारा रफाहमा इजरायली आक्रमण विरुद्ध चेतावनी

एजेन्सी । जोर्डनका राजा अब्दुल्लाह द्वितीय र भ्रमणमा रहेका जर्मन चान्सलर ओलाफ स्कोल्जले आइतबार गाजाको रफाहमा इजरायली आक्रमणको जोखिम विरुद्ध सचेत रहन आग्रह गरेका छन् ।

जोर्डनको बन्दरगाह सहर अकाबामा भएको बैठकमा राजाले गाजामा तत्काल युद्धविरामको आवश्यकतामा जोड दिए । नागरिकहरूको रक्षा गर्न र सो क्षेत्रका मानिसहरूलाई मानवीय सहायता पुर्याउनको लागि बढ्दो प्रयासहरूको लागि आह्वान समेत गरे ।

राजाले वेस्ट बैंक र गाजामा प्यालेस्टिनीहरूको कुनैपनि जबरजस्ती विस्थापन र उनीहरूलाई विभाजन गर्ने कुनैपनि प्रयासको विरुद्धमा जोर्डन रहेको बताए । दुई नेताले रफाहमा इजरायली आक्रमणको खतराबारे चेतावनी दिए । युद्धले गाजामा मानवीय संकटलाई बढुवा दिने बताए ।

बैठकले दुई राज्य समाधानमा आधारित निष्पक्ष र समावेशी शान्ति प्राप्त गर्न राजनीतिक रूपरेखा स्थापना गर्न प्रभावकारी कदम चाल्न आग्रह गर्दै यस क्षेत्रको शान्तिलाई सहज बनाउन युरोपेली संघको भूमिकालाई पनि जोड दिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *