शिक्षामन्त्री श्रेष्ठले भनिन्-लाभका लागि कोही ‘सोर्सफोर्स’ लगाउन आए मलाई उजुरी गर्नुस्

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा मन्त्रालय वा मातहतका निकायमा आफ्नो नाम, पार्टीको नाम लिएर वा साइनो लाएर कुनै लाभका लागि कोही ‘सोर्सफोर्स’ लगाउन आए आफूलाई उजुरी गर्न आह्वान गरेकी छन्।

यस्तो कार्यमा संलग्न कर्मचारीको मूल्यांकनमा नम्बर घटाइने चेतावनी पनि मन्त्री श्रेष्ठले दिएकी छन्।

‘मेरो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा, बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्यांकनमा ०।५ नम्बर घटाइनेछ’, उनले भनेकी छन्, ‘सोर्सफोर्स’ वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाउनुभयो भने उजुरी गर्नुहोलाः [email protected]। हामीले अनुसन्धान गरेर तत्काल कारबाही गर्नेछौँ।’

यसैगरी कुनै साइनो लगाएर कोही भर्ना वा छात्रवृत्तिका लागि भनसुन गर्न आए आफूलाई प्रमाणसहित खबर गर्न पनि उनले अपिल गरेकी छन्।

‘कहीँ कतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन मेरो वा हाम्रा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आयो भने प्रमाणसहित सिधै मलाई खबर गर्नुहोला’, शिक्षामन्त्री श्रेष्ठले अगाडि भनेकी छन्, ‘निर्ममतापूर्वक कारबाही हुनेछ। हामीलाई परिणाम चाहिएको छ। प्रचारको पछि हामी लाग्दैनौँ, दुष्प्रचारको पछि तपाईँहरू पनि नलागिदिनुहोला।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *