नवराजको आफ्नै जीवनमा आधारित पुस्तक ‘इन सर्च अफ कोग्निजेन्स’ सार्वजनिक
२०८० चैत ४ गते

काठमाडौँ । नवराज लामाको पुस्तक ‘इन सर्च अफ कोग्निजेन्स’ सार्वजनिक भएको छ ।
आइतबार काठमाडौंमा एक कार्यक्रमबीच लामाको आफ्नै जीवनमा आधारित पुस्तक ‘इन सर्च अफ कोग्निजेन्स’ सार्वजनिक भएको हो ।
लामाले आमाको हातबाट पुस्तक विमोचन गराए । उनको पुस्तकमा आफूले बाल्यकालमा देखेका र भोगेका कुराहरू र कैलाश मानसरोवरका बारेमा देखको कुराहरूलाई पुस्तकमा उतारेका छन् । साथै पुस्तकमा आमाले गरेको सङ्घर्ष पनि छ ।
अंग्रेजी भाषामा लेखिएको पुस्तकमा लेखक लामाले आफ्नो जीवनको अनुभूतिहरू समेटेका छन् । कार्यक्रममा सहभागी समालोचकहरूले लेखकलाई सानै उमेरमा जीवन, मृत्यु र जन्मले पिरोलेको कुराहरू भने पुस्तकमा नखुलाइएको बताए ।
२०८० चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








