फरक अभ्यासमा रास्वपा

लालचीलाई नो ईन्ट्री, मन्त्री सघाउन विज्ञ टीम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरुवा, बढुवा तथा नियुक्तिको सिफारिस गर्नेलाई साधारण सदस्यबाटै हटाउने भएको छ । पार्टी र मन्त्रीहरुबीच समन्वय गर्ने उद्देश्यले गठन गरिएको समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

डा. स्वर्णिम वाग्लेको नेतृत्वको समन्वय समितिमा महामन्त्री ढकाल र शिशिर खनाल रहेको समन्वय समिति गठन गरिएको छ । समितिको सचिवको जिम्मेवारी शिशिर खनाललाई दिइएको छ । बिहान चार मन्त्रीसहित बसेको समन्वय समितिको बैठकले सरुवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो ।

यसैगरी आफ्नो पार्टीबाट मन्त्री बनेकाहरूलाई सघाउन विज्ञ समूह बनाउने निर्णय पनि बैठकले गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए । समूहमा सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरूलाई राखिनेछ । मन्त्रीहरूको काम प्रभावकारी बनाउन विज्ञ समूह बनाइने प्रवक्ता ढकालको भनाई छ ।

वर्तमान सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् । समन्वय समितिको बैठक प्रत्येक आइतबार बस्ने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 12 =