वसन्तपुरमा चीर ठड्याइयो, होली प्रारम्भ (तस्बिरहरु)

काठमाडौँ । काठमाडौंको वसन्तपुरमा र‌ङ्गीचङ्गी ध्वजाले सजाइएको चीर ठड्याइएको छ । वसन्तपुरको गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होली पर्व सुरु भएको हो ।

फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ । रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्ड्याइएको तीन तले चीर ठड्याएपछि हर्ष र बधाईका साथ अबीर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिन्छ । वसन्त उत्सवका रूपमा समेत मनाइने रंगहरुको पर्व होलीको पौराणिक तथा सांस्कृतिक महत्त्व रहेको छ ।

यस वर्षको होली पर्वको मुख्य दिन चैत ११ र १२ गते परेको छ । ११ गते हिमाली तथा पहाडी जिल्लामा र १२ गते तराई/मधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रूपमा लिइन्छ । आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *