महिन्द्रले माओवादीसँग एकता गरेपछि बाबुरामले भने : पार्टी अपहरण भयो
२०८० चैत ३ गते

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको महिन्द्र राय यादव समूहबीच शनिबार एकता घोषणा भएको छ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश प्रसाद यादवसहितको समूहले माओवादी केन्द्रसँग एकताको घोषणाको सहमति गरेको हो ।
एकता घोषणाप्रति नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । भट्टराईले ४ चैतमा केन्द्रीय कार्यकारिणी समिति र ५ चैतमा केन्द्रीय समितिको बैठक बोलाएका थिए ।
तर बैठकको अघिल्लो दिन अर्का अध्यक्ष यादव समूहले माओवादी केन्द्रसँग एकता घोषणा गरेको हो ।
एकता घोषणालाई भट्टराईले आफ्नो पार्टी अपहरण गरेको संज्ञा दिएका छन् ।
२०८० चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित








