भोजपुरको टक्सारमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु, ६ वटा घर जले
२०८० चैत ३ गते

भोजपुरको हतुवागढी गाउँपालिका–७ मा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ।
शनिबार दिउँसो लागेको आगलागीमा परी ७ र ६ वर्षीया दुई बालिका र ३ वर्षीय बालकको निधन भएको हमे।
आगलागीमा परी छ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी अझै नियन्त्रणमा आएको छैन ।नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । तीव्र रूपमा हुरी बतास चलिरहेको कारण आगो निभाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
२०८० चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित








