कैलालीमा लाइटर बोकेको ट्रकमा आगलागी

काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी भएको हप्ता दिन नबित्दै सोही प्रकृतिको घटना भएको छ ।

शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका–४ मुडामा वीरगञ्जबाट लाइटर, खोर्सानी र बच्चाको डाइपर बोकेर धनगढीतर्फ गइरहेको प्रदेश ३ ०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदिप चन्दले ट्रकको आगलागी नियन्त्रणमा आएको बताए। क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि सोमबार पनि कर्णाली पुलमाथि गुडिरहेको अवस्थामा एक्कासि ट्रकमा आगो लागेको थियो ।

उक्त आगोले पुलमा समेत क्षति पुगाएपछि सवारीसाधन आवागमन बन्द गरेर मर्मत सम्भारको काम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =