नेयमार कहिले फर्किन्छन् मैदान ?

काठमाडौं । ब्राजिलियन स्टार फरवार्ड नेयमार १० महिनाभित्रै मैदानमा फर्कन सक्ने सम्भावना बढेको छ । घुँडाको चोटबाट जुधिरहेका नेयमारको स्वास्थ्य अवस्था पूर्ण रुपमा आगामी जुलाई वा अगस्टमा ठिक हुन सक्ने ब्राजिल फुटबल टिमका चिकित्सक रोड्रिगो लाम्सारले बताएका आईएएनएसले जनाएको छ ।

सन् २०२३ को अक्टोबर १७ मा विश्वकप छनोटअन्तर्गत ब्राजिलले उरुग्वेलाई २–० गोलअन्तरले पराजित गर्दा नेयमारको बाँया घुँडामा चोट लागेको थियो ।
लम्सारका अनुसार नेयमारको स्वास्थ्यमा तिव्र सुधार भइरहेको तथा उनी ९ वा १० महिनामा मैदानमा फर्कन सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *