कार्यदलले बुझायो शीर्ष नेतालाई न्युनतम साझा कार्यक्रमको प्रतिवेदन
२०८० चैत ३ गते

काठमाडौं । नयाँ सत्ता गठबन्धनको कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरेको छ । कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेतालाई बुझाएको हो ।
कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बुझेका छन् । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा कार्यदलको प्रतिवेदन बुझ्दै शीर्ष नेताहरूले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने जनाएका छन् ।
२०८० चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित








