सुन तस्करमा मेरो संलग्नता पुष्टि भए झुन्डिएर मर्छु : सर्वेन्द्र खनाल

काठमाडौं । प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले सुन तस्करीमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् ।

सुन तस्करी सम्बन्धमा नाम मुछिएपछि उनले आरोपको खण्डन गर्दै आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।

सुन तस्करीका आरोपित जीवन चलाउनेले बयानमा सर्वेन्द्र खनालको नाम लिएको समाचार सार्वजनिक भएपछि उनले आफ्नो संलग्नता पुष्टि भए झुन्डिएर आत्महत्या गर्ने बताए ।

‘हुँदै नभएको विषयमा मेरो बारेमा समाचार आयो, यसमा म घोर आपत्ति र निन्दा गर्छु’ उनले भने ‘आरोप पुष्टि भए झुन्डिएर आत्महत्या गर्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =