धनकुटामा गुडिरहेको मोटरसाइकलमाथि रुख ढल्दा एक युवतिको मृत्यु

काठमाडौँ । धनकुटा नगरपालिका वडा ४ स्थित सल्लेरीमा गुडिरहेको मोटरसाइकललाई सुकेको रुख ढलेर लाग्दा मोटरसाइकलको पछाडि सवार एक युवतिको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा धनकुटा नगरपालिका १ हिलेकीका ३० वर्षीया उषा तामाङ रहेकी छन् ।

बिहीबार दिउँसो प्रदेश १–०२–०४९ प ६०४० नम्बरको मोटरसाइकल पछाडि सवार उनको सडक नजिक रहेको शिरीषको रुख आफैँ भाँचिएर टाउको र छातीमा चोट लागेको थियो । उनलाई उपचारको लागि धनकुटा अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मोटरसाइकल चालक आशिष तामाङ सकुशल नै रहेको जनाएको छ ।

आशिष उषाका श्रीमान् हुन् । उनीहरू जिल्ला अस्पतालमा उपचार गरेर फर्कँदै गर्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =