आरबीबीएल तेस्रो फुटसल प्रतियोगिता चैत ३ गतेदेखि

काठमाडौँ । कर्मचारी खेलकुद प्रतिष्ठान नेपालको आयोजनमा हुने आरबीबीएल तेस्रो फुटसल प्रतियोगिता चैत ३ गतेदेखि ५ गतेसम्म हुने भएको छ ।

बिहिवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा आयोजकले जानकारी दिएको हो ।

प्रतियोगिता १८ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको खेलहरू चैत्य फुटसल रिकृयसन सेन्टर सोल्टी मोडमा हुनेछ । यस्तै प्रतियोगिताको लागि राष्ट्रिय बाणिज्य बैंक लिमिटेड प्रायोजकको रूपमा रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने २० हजार ट्रफी मेडल प्राप्त गर्नेछ ।

सर्वाधिक गोलकर्ता, गोलकिपर उत्कृष्ट, फियर प्ले टिमलाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ ।

६ लाख १५ हजार प्रतियोगिताको अनुमानित बजेट छ भने खेलमा सहभागि टिमलाई २० हजार प्रवेश शुल्क लाग्नेसमेत आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *