प्रतिपक्ष हुनासाथ क्रान्तिकारी बन्ने प्रवृत्ति त्यागौं : ठाकुर गैरे

काठमाडौँ । नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले देशमा देखिएका समस्याहरूको समाधान गर्नु सबै राजनीतिक दलहरूको साझा दायित्व भएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले देशमा अविकास, बेरोजगारी, तस्करी, कमिसनतन्त्र र भ्रष्टाचारको समस्या रहेको भन्दै सबै समस्याहरू साझा समस्या भएका बताए ।

उनले ती समस्याहरूको समाधान गर्नु संसदमा भएका सबै राजनीतिक दलहरूको साझा दायित्व भएको बताए ।

समस्या समाधानका लागि सरकारको विशेष पहलकदमी, भुमिका र नेतृत्व भने आवश्यक पर्ने भन्दै उनले सरकार त्यस दिशामा अघि बढ्नुपर्ने बताए ।

उनले सत्तापक्ष हुँदा कुनै समस्याहरूमा चासो नदेखाउने तर प्रतिपक्ष हुनासाथ क्रान्तिकारी बन्ने प्रवृत्ति त्याग्नुपर्ने बताए ।

उनले आगामी दिनमा कम्युनिस्ट पार्टीहरूका बिचमा सहकार्य मजबुत हुँदै जाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 12 =