गर्ल्स होस्टेलका छात्रामाथि हातपात गर्ने महिला पक्राउ
२०८० चैत १ गते

काठमाडौं । विराटनगरमा गर्ल्स होस्टेलका विद्यार्थीमाथि दुर्व्यवहार गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मी कटुवाल रहेकी छन् ।
उनले मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा अध्ययनरत तीन जना छात्रामाथि होस्टेलको कोठाभित्र हातपात र दुर्व्यवहार गरेकी थिइन् ।
छात्रामाथि गरेको दुर्व्यवहारका भिडियो सामाजिक सञ्जालमा बाहिरिएको र पीडित छात्राले प्रहरीमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीका अनुसार पक्राउ परेकी उनलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेको छ ।
२०८० चैत १ गते
प्रतिक्रिया
सम्बन्धित








