स्पेनमा आप्रवासी डुङ्गा पल्टिँदा ७ जनाको मृत्यु

एजेन्सी । स्पेनको ग्रान क्यानारिया टापुबाट १४० किलोमिटर दक्षिणमा एक आप्रवासी डुङ्गा पल्टिँदा सात जनाको ज्यान गएको छ ।

१२ जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ । उद्धार सेवाहरूले जहाजमा सवार आप्रवासीहरू स्पेनको तटमा पुग्न प्रयास गरिरहेका डुंगा पल्टिँदा उनीहरूको ज्यान गएको हो ।

उद्धारका लागि दुईवटा हेलिकप्टर र एउटा उद्धार जहाज पठाइएको थियो । आप्रवासी डुङ्गामा दुईवटा शव फेला परेका थिए भने २७ पुरुष र सात महिलासहित ३४ जनाको उद्धार गरिएको थियो ।

उत्तरपश्चिम अफ्रिकाबाट क्यानरी टापुहरू जाने आप्रवासी मार्गलाई विश्वको सबैभन्दा खतरनाक मानिन्छ । उक्त रुटमा वर्षेनी हजारौँले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *