मलाई प्रधानमन्त्री हुने कुनै लालसा छैन : ओली

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, आफू र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री पद १५÷१५ महिनाका लागि बाँडफाँड गरेको समाचार आएकोमा आपत्ति जनाउँदै आफूलाई प्रधानमन्त्री बन्ने इच्छा नरहेको बताए ।
उनले भने–‘मलाई प्रधानमन्त्री हुने कुनै लालसा छैन । देशका समस्या समाधान गर्ने सवालमा सत्ता पक्ष र विपक्ष सँगै बसेर छलफल गरेर जाऔँ । बेथिति रोकौँ, आर्थिक उन्नतिमा मुलुकलाई लैजाऔँ ।’
अध्यक्ष ओलीले प्रधानमन्त्री पद बाँड्ने भन्ने समाचारले आफूहरुले बनाएको सत्ता समिकरणको गरिमालाई घटाएको जिकिर समेत गरे ।
अब त केही गरांै राष्ट्र र जनताका लागि भनेर आफूहरुले नयाँ सत्ता समिकरण बनाएकाले प्रधानमन्त्री दाहालको पनि प्रधानमन्त्री पद बाँडफाँडको इच्छा नभएको ओलीलेल जिकिर गरे ।
अध्यक्ष ओलीले मुलुकमा केही गरौ भनेर आफूले काँग्रेससँग पनि पटकपटक प्रस्ताव गरेको पनि स्मरण गराए ।








