तेस्रोपटक विश्वासको मत लिनु उथलपुथल हो : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रयोग गरेको शब्द उथलपुथल कसैप्रतिको व्यंग्य र इंगित गरिएको विषय नभएको बताएका छन् । बुधबार संसद्को रोस्टिमबाट विश्वासको मत माग्दै उनले आफूले प्रयोग गरेको शब्दमा धेरै प्रश्न उठेको भन्दै त्यो कसैप्रतिको इंगित गरिएको विषय नभएको बताएका हुन् ।

उनले १४ महिनामा तेस्रोपटक विश्वासको मत लिनु उथलपुथल नै भएको जिकिर गरे । ‘पहिलो विश्वासको मत कुन सन्दर्भ र पृष्ठभूमिमा लिएको थियो, दोस्रोको पनि सन्दर्भ र पृष्ठभूमि थियो । तेस्रो नयाँ सन्दर्भमा विश्वासको मत लिनुपरेको छ । यो आफैँमा उथलपुथल हो । मैले मात्र गरेको हैन तपाईं हामी सबै यो प्रकृयामा छौँ,’ उनले भने ।

बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै उनले त्यसपश्चात्को राजनीति निरन्तरतामा क्रमभंगता हुँदै विकास हुँदै आएको जिकिर गरे । ‘गएको १४, १५ महिनाभित्र यहाँ भोगिएको छ त्यो उथलपुथल नै हो,’ उनले थपे, ‘कसैप्रति इंगित र व्यंग्यको रूपमा हैन, मैले घटनाक्रम यसरी बुझिरहेको भनेको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 6 =