पाकिस्तानको १९ सदस्यीय संघीय मन्त्रिपरिषद्द्वारा शपथग्रहण

एजेन्सी । नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफको १९ सदस्यीय संघीय मन्त्रिपरिषद्ले राजधानी इस्लामावादको राष्ट्रपति भवनमा आयोजित एक समारोहमा शपथ लिएको छ ।

राष्ट्रपति आसिफ अली जर्दारीले १८ जना संघीय मन्त्री र एक राज्यमन्त्री रहेका मन्त्रिपरिषद्का सदस्यहरूलाई शपथ गराएका हुन् ।

यसअघि प्रधानमन्त्रीले संघीय मन्त्रिपरिषद्मा समावेश गर्नका लागि राष्ट्रपतिसमक्ष १९ वटा नाम सिफारिस गरेका थिए । जसमध्ये अधिकांश पाकिस्तान मुस्लिम लिग–नवाजका थिए ।

देशको नवगठित गठबन्धन सरकारको प्रमुख राजनीतिक दल पाकिस्तान पिपुल्स पार्टी पार्टीले निर्णय गरेअनुसार संघीय मन्त्रिपरिषद्को हिस्सा छैन । यद्यपि मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान र इस्तेहकाम–ए–पाकिस्तान पार्टी लगायत अन्य सहयोगी राजनीतिक दलका सदस्यहरूले पनि संघीय मन्त्रीको रूपमा शपथ लिएका छन् ।

नयाँ मन्त्रिपरिषद्मा राष्ट्रिय सभाका सदस्य, सिनेटर र टेक्नोक्रेटहरू समावेश छन् । मन्त्रिपरिषद् सदस्यहरूको लागि विभागहरू पछि घोषणा गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =