राजनीतिक कोर्षलाई सही बाटोमा अगाडी बढाउनुपर्छ : सिटौला (भिडिओ)

काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभालाई सामान्य प्राविधिक रुपमा मात्रै राखेर अगाडी जान नसकिने बताएका छन् ।
मंगलवार राष्ट्रिय सभाको बैठकपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै राष्ट्रिय सभा सदस्य सिटौलाले राष्ट्रिय सभालाई प्रवुद्ध वर्गको भन्ने तर सामान्य प्राविधिक रुपमा मात्रै राखिएको भन्दै यस्तो तरिकाले राष्ट्रिय सभा अगाडी जान नसक्ने बताए ।
उनले कांग्रेस रचनात्मक र बलियो प्रतिपक्षको रुपमा बसेर देशको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडी बढाउन आवाज उठाउने बताए । उनले कांग्रेस संविधान भित्रबाट राज्य सञ्चालन हुनुपर्छ भन्ने मान्यतामा रहेको बताए ।
राज्य सञ्चालकहरुले जनताको हितमा काम गर्नुपर्ने उनको भनाई छ । काँग्रेसको तर्फबाट रचनात्मक ढंगले र बलियो प्रतिपक्षको रुपमा नेपालको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडी बढाउनको आवाज उठाइने उनले बताए ।
उनले आफूहरुले देश र जनताको हितको लागि राष्ट्रिय सभामा आवाज उठाउने बताए ।








