सुडानमा युद्धका कारण रमजान परम्परामा असर

एजेन्सी । सुडानमा लामो समयदेखि चलिरहेको द्वन्द्व र यसको आर्थिक नतिजाले परम्परागत रमजान चलनमा ठूलो प्रभाव पारेको छ । राजधानी खार्तुममा धेरै परिवारहरू हुलु–मुरको तयारी जस्ता परम्परागत उत्सवहरूमा संलग्न हुन असमर्थ भएका हुन् ।

हुलु–मुर, मुख्य रूपमा ज्वारको पीठो र विभिन्न मसलाबाट बनेको मिश्रणले रमजानको समयमा महत्व राख्ने भएपनि आर्थिक अवस्था सुदृढ नहुँदा रमजान मनाउन समस्या भएको हो । अल–इन्काजकी ४६ वर्षीय गृहिणी नवल हारूनले हुलु–मुरको सांस्कृतिक महत्त्वलाई जोड दिए ।

अल–नहदा छिमेकका ४२ वर्षीय दौलत ओमरले पनि यस्तै भावनाहरू प्रतिध्वनित गर्दै यस रमजानको परम्परामा असर पुगेको बताइन् ।

अहिले रमजान मनाउन गाह्रो भएको उनीहरूको भनाइ छ । विगतका वर्षहरूमा आफन्तहरुस्ँग रमाइलो गर्ने अवसर हुने गरे पनि यस वर्ष असहजताका कारण आफन्तलाई रमजानमा बोलाउन नसकिएको उनीहरूको भनाइ छ । सुडान अप्रिल १५, २०२३ देखि सुडानी सशस्त्र बल र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीचको द्वन्द्वमा फसेको छ ।

मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र संघको कार्यालयले हालै गरेको अनुमानले हिंसाको प्रकोपपछि १३ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =