प्रचण्डले झुटो कुरा गरेर भ्रम छर्ने काम गरे : डा.महत

काठमाडौं । सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा काँग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको बताएको छ ।

नेपाली काँग्रेसका प्रवक्ता एवं निःवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री दाहालको सो भनाई आफ्नो पार्टीलाई दोषारोपन गर्ने गरी आएको भन्दै आपत्ति समेत जनाए ।

‘नेपाली काँग्रेसको कारणले औसत भन्दा ज्यादा उपलब्धि भएन भनेर दोषारोपण गर्नु यो भन्दा गलत कुरा, झुटो कुरा, भ्रम छर्ने कुरा हुनै सक्दैन । म यो कुरा ठोकुवाका साथ भन्छु उनले भने ‘हामो उपस्थितिले अहिलेको परिस्थितिमा गुणात्मक परिवर्तन आएको हो । र हामीले जुन अर्थतन्त्रलाई अघि बढाउने मार्ग चित्र तयार गरेका छौं ।’

उनले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन आफूहरुले तयार पारेको मार्ग चित्रले मुलुकलाई अर्थतन्त्रलाई झनै गति दिने खालको रहेको पनि बताए ।

प्रवक्ता महतले आफ्नो पार्टीले अघि बढाएको मुलुकको अर्थतन्त्रको मार्ग चित्र वर्तमान सरकारले छोडे मुलुकको अर्थतन्त्र फेरि अपm्ठयारोमा पर्ने निश्चित रहेको जिकिर पनि गरे ।

‘आउने बजेटमा अझ यसलाई परिरिस्कृत बनाएर जाने सुधारको प्रयास छ । र त्यसलाई अझ गति दिने हाम्रो कार्ययोजना थियो’महतले थपे ‘यदि त्यो बाटो छोडेर फेरि यो गैर प्राथमिकताको क्षेत्रमा जथाभावी हाम्रो स्रोत र साधनलाई खर्च गर्ने हो भने फेरि हामी अफ्ठ्यरोमा पर्ने निश्चित छ ।’

प्रवक्ता महतले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीसँगको गठबन्धन भत्काएर जनताले निर्वाचनमा दिएको आदेशलाई समेत लत्याएको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =