प्रचण्डले बालुवाटार बोलाएर ओली र नेपालसंग गरे छलफल

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिती, प्रधानमन्त्रीले बुधबार सङ्घीय संसदमा लिन लागेको विश्वासको मत, आजका लागि तय भएको राष्ट्रियसभा अध्यक्षको निर्वाचनलगायतका विषय रहेका थिए ।

प्रधामनन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाका अनुसार गठबन्धनमा आवद्ध दलहरुबीच राष्ट्रिय विषयमा समान धारणा बनाएर जाने विषयमा प्रधानमन्त्रीले अध्यक्ष ओली र अध्यक्ष नेपालसँग छलफल गरेका हुन् ।

यही फागुन २१ गते एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो । यस्तै, सत्ता गठबन्धनमा एकीकृत समाजवादी पनि समावेश भएको छ ।

सत्तागठबन्धन दलहरुबीच यसअघि भएको आठ बुँदे सहमतिका आधारमा समाजवादी पनि थपिएको सन्दर्भमा आवश्यक निर्णयका लागि छलफल भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =