इलामको फाकफोकथुममा नोवेलको स्वास्थ्य शिविर, १३ सय बढीको निःशुल्क उपचार (तस्बिरहरू)

विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र फाकफोक थुम गाउँपालिका वडा नं. ७, इलामको आयोजनामा दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

मिति २०८० फाल्गुण २५ र २६ गते सम्पन्न बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक हजार तीन सय बढी बिरामीले निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन् ।

संघीय सांसद डाक्टर सुनिलकुमार शर्माको अगुवाइमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले विभिन्न संघ संस्थाहरूको समन्वयमा निःशुल्क स्वास्थ्य शिविरहरूको आयोजना गर्दै आएको छ ।

यसै क्रममा इलामको फाकफोक थुम गाउँपालिकामा सम्पन्न स्वास्थ्य शिविरमा जेनेरल मेडिसिन, प्रसूति तथा स्त्री रोग, बाल रोग, जेनेरल सर्जरी, हाड जोर्नी तथा नशा रोग, छाला रोग, नाक कान घाँटी रोग, दन्त रोग, आँखा रोग लगायतका विभागमा विशेषज्ञ चिकित्सकहरूले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा १७५ जनाको अल्ट्रासाउण्ड (भिडियो एक्स–रे), १२५ जनाको ई.सी.जी.२५० जनाको प्रयोगशाला परीक्षण र २५ जनाको दाँत खोलिएको छ भने ७३ जना बिरामीलाई थप उपचारको लागि रिफर गरिएको छ ।

रिफर भएका बिरामीको नोवेलमा आई उपचार गराउँदा २५ प्रतिशत छुट हुने नोवेलका जनसम्पर्क अधिकृत नवीन दाहालले बताए ।

स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमको अध्यक्षता फाकफोक थुम गाउँपालिका वडा नं. ७ का अध्यक्ष छत्र लिम्बुले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि फाकफोक थुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, उपाध्यक्ष कल्पना राई अतिथि, समाजसेवी हर्क धमला, वडा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

अन्य तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *