अग्रता जोगाउन नसक्दा सीटी चुक्यो, आर्सनललाई फाइदा

काठमाडौँ । इङलिश प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएपछि त्यसको फाइदा आर्सनललाई भएको छ । गएराती सम्पन्न खेलमा लिभरपुल र म्यान्चेस्टर सिटी १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

म्यानचेस्टर सिटीका लागि जोन स्टोन्सले खेलको २३औं मिनेटमा गोल गरेका थिए भने लिभरपुलका लागि खेलको ५०औं मिनेटमा पेनाल्टीमार्फत एलेक्सिस म्याक एलिस्टरले गोल गरेका थिए ।

यो बराबरीपछि प्रिमियर लिगको अंक तालिका रोचक बनेको छ । आर्सनल २८ खेलमा ६४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने २८ खेलमा ६४ अंकसहित नै लिभरपुल गोल अन्तरको आधारमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ । २८ खेलमा ६३ अंकसहित म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *